नियम २९
हक दावीलाई मान्यता नदिने
यी नियमहरूमा लेखिएकोमा बाहेक कसैको नाममा कुनै शेयर रजिष्टर गरिएको छ भने निजलाई नै सो शेयरको एक मात्र धनी मान्ने र सोही अनुसार व्यवहार गर्ने अधिकार कर्पोरेशनलाई हुनेछ । अधिकार प्राप्त अदालतले आदेश दिएमा वा अरू कानुूनले मान्यता दिएमा बाहेक त्यस्तो शेयरमा अरू कुनै व्यक्तिको हक दावीलाई कर्पोरेशनले मान्यता दिन वाध्य हुने छैन ।